काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ का लागि उम्मेदवार बनेका रमेश खरेलले राजनीतिक सिन्डिकेट र माफिया तन्त्रको विरुद्धमा सबै एकजुट हुनुपर्ने बताएका छन् ।

रास्वपा पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले भागबन्डा र लुछाचुँडीलाई तोड्न नसके सकैको भविष्य सुरक्षित नरहेको उनले बताए ।

advertisement

अहिलेको निराशाबाट पार लगाउने रास्वपा भएको उल्लेख गर्दै उनले भने, ‘लर्को लागेर नेपाली दाजुभाइ बिदेसिने र विदेशबाट पनि बाकसमा फर्किने अवस्थाले सबैलाई पीडा दिएको छ । देशको यो निराशाबाट हामीलाई मोटिभेट गर्ने रास्वपा हो भन्ने मैले फिल गरेको छु ।

उनले हिमाल पहाड र तराई जोडेर नेपाललाई विदेशीको क्रिडास्थल बन्नबाट जोगाउनुपर्ने बताए ।

 

प्रकाशित मिति: १८ चैत्र २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com