काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ५ वर्षपछि आफ्नो दलको एकल सरकार बन्ने बताएका छन् ।

चितवन क्षेत्र नम्बर २ मा आयोजित कार्यक्रममा उनले त्यसपछि कुनै पनि ताकतले रोक्न नसक्ने बताएका हुन् ।

advertisement

आगामी १० वैशाखमा हुने उपचुनावका उम्मेदवार समेत रहेका लामिछानेले आफूविरुद्ध जति मुद्दा लगाए पनि केही फरक नपर्ने बताए । आफू त्यसको सामना गर्दै अगाडि बढ्ने उनको दाबी छ।

उनले पार्टी गठनको ६ महिनामा २० सिट जितेको र अब पाँच वर्षमा दुई तिहाइ बहुमत ल्याएर सरकार चलाउने कुरामा ढुक्क हुन आग्रह गरे। उनले भने, ‘अब ५ वर्षमा दुई तिहाइ हुनसक्छ’ उनले भने–‘जसले जति मुद्दा र षड्यन्त्र गरे पनि पछि हट्ने छैनौँ।’

उनले ३२ दिन सरकारमा बस्दा काम देखाउन आफूले कोसिस गरेको बताए । उनले भने, ‘१०० दिन पाएको भए तपाईँले देख्नुहुन्थ्यो कति जना भ्रष्टाचारी जेल जान्थे।’

 

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com