काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलले समर्थन कायम राख्नुको गहिरो कारण भएको बताएका छन्।

वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवन-२ मा उम्मेदवार रहेका लामिछानेले शुक्रबार आयोजित एक कार्यक्रममा प्रचण्डलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा आफूहरूले हस्ताक्षर बुझाएकाले समर्थन कायम राख्नुको कानुनी अर्थ रहेको बताएका हुन्।

advertisement

‘समर्थन निकाल्न हामीलाई एक सेकेन्ड पनि लाग्दैन तर त्यसको एउटा कानुनी आधार छ, त्यसको एउटा कानुनी बाटो छ,’ लामिछानेले भने,‘त्यसको गहिरो कारण छ, हामी प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउँदाखेरि राष्ट्रपतिकहाँ जाँदाका हस्ताक्षरकर्ता हौं। त्यसकारणले यसको कानुनी अर्थ छ।’

उनले त्यो कानुनी अर्थ के हो भन्नेचाहिँ खुलाएनन्।

 

प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com