जनकपुरधाम । आम जनता पार्टी नेपालका अध्यक्ष प्रभु साहले बारा-२ को उपचुनावान भारतीय जनताको पनि चासो रहेको बताएका छन्।

शुक्रबार जनकपुरधाममा आम जनता पार्टीको धनुषा भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले बारा–२ को चुनाव मधेश र देशको मात्र नभई युपी र विहारको जनताको समेत उत्सुकताको विषय रहेको बताएका हुन्।

advertisement

बारा– २ मा आमजनता पार्टीको साझा उम्मेदवार जित्ने उनले दावी गरे । ‘बारा जिल्लामा आम जनताको साझा उम्मेदवार जित्नेबाला छन् । तपाईहरु ढुक्क हुनुस् । हामी दलतन्त्रको दलिय सिन्डिकेटलाई उखालेर फालिदिन चाहन्छौं’ साहले भने।

उनले आफ्नो पार्टी नेपालमा दलीयतन्त्र हटाउन खेजेको बताए । लोकतन्त्रको नक्कली मालिक जनता रहेकाले मुठीभर शासकले रजाइँ गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com