काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रास्वपाका एक सांसदले ठूलो रकमको डिल गरेको दाबीसहित एक अडिओ सार्वजनिक भएको छ । पार्टीले तत्काल यस विषयमा छानबिन थालेको छ ।

रास्वपाका समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्नका लागि पार्टीलाई रकम बुझाउनुपर्ने बताएका छन् । उनले अढाई करोड रूपैयाँ मागिएको तर आफूसँग पैसा नभएको भन्दै उनले सहयोग मागेका हुन् ।

‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनवार्तामा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला ।’

यो फोन वार्ता रास्वपा सरकारमा जानुभन्दा अगाडिको जस्तो सुनिन्छ । प्रसाईंले आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गरेका छन् ।

‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो,’ उनले भने, ‘भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले ।’

प्रसाईँले यो प्रसा रविलाई नै बुझाउनुपर्ने त होला नि ? भनेर सोध्छन् ।

जवाफमा श्रेष्ठ भन्छन्, ‘रवि सर देखा पर्नुभएको छैन, बाहिर दुई-तीन जना साथीहरू हुनुहुन्छ । पार्टीलाई जान्छ भनेका छन् । जान्छ कि जान्न भन्ने पनि मलाई थाहा छैन ।’

पछि तोसिमाले लडाइँ त गर्दिनन् नि भनेर प्रसाईले सोध्दा श्रेष्ठ भन्छन्, ‘सबै अधिकार सभापतिलाई दिइएको छ । उहाँले जसलाई भन्नुहुन्छ उही हुन्छ ।’

यसरी अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ करोडको बार्गेनिङ गर्ने सांसद ढाकाकुमार श्रेष्ठलाई एक साताका लागि निलम्बन गरेको छ।

प्रकाशित मिति: २६ चैत्र २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com