काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले सांसद ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद नरहने गरी कारबाही गर्न सिफारिस गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्नका लागि भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठमाथि आन्तरिक छानबिन सुरु भएको थियो।

advertisement

पार्टीको अनुशासन समितिले श्रेष्ठलाई स्पष्टीकरण सोध्नुका साथै अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो।

रास्वपा अनुशासन समितिका सदस्य, अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार श्रेष्ठले पार्टी र जनतालाई धोका दिएको निष्कर्ष निकाल्दै उनलाई तत्काल प्रतिनिधि सभा सदस्य पदबाट हटाउन सिफारिस गरिएको छ।

उनलाई पदमा राखिरहँदा भ्रष्टाचारमा संरक्षण गरेको देखिने भएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न पनि सिफारिस गरिएको छ।

 

प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com