काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाका कुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको छ ।

सो पार्टीको आज बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।

advertisement

बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नाे नभएको जिकिर गरेको बताए ।

व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निलम्बन गरेको हो ।

तर, उनले आफूलाई फसाउनको लागि सुनुयोजित रुपमा अडिओ इडिट गरेर ल्याइएको दाबी गरेका छन् । उनले आफू न्यालयमा गइसकेकाले क्लिन चिट लिएर आउने दाबी गरेका छन् ।

प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com