काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि रकम मागेको अडियो पुष्टि हुने निष्कर्ष निकालेको छ ।

छानबिन समितिको प्रतिवेदनमाथि छलफलपछि पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले समितिसँग श्रेष्ठले दिएको बयान विरोधाभासी रहेको र स्थिर नरहेको बताए ।

advertisement

लामिछानेले भने- उहाँको कुरामा स्थिरता देखिएन । कोर टीमबारे उहाँले प्रष्ट पार्नुभएको छैन । मलाई सिध्याइयो भने छाड्दिन पनि भन्नुभएको छ । उहाँ बार्गेनिङ प्वाइन्टमा आउनुभएको छ । उहाँले अडिओ मेरो होइन भन्नु भएको छ फेरि अर्कोतिर मलाई सक्ने हो भने नामै लिएर कोर टीमको कसैलाई छाड्दिन पनि भन्नुभएको छ । उहाँले भोलि प्रमाणसहित आए जो भए पनि कारवाही हुन्छ नत्र भोलि जसको पनि नाम लिन सक्नुहोला ।

सभापति लामिछानेले छानबिन समितिमा ढाकाले दिएको बयानका आधारमा उनी दोषी देखिएको बताए । उनले आफू डुबेमा पार्टी नै डुबाइदिन्छु भन्दैछन् भन्दै उनले बोली परिवर्तन गरेकाले भोलि जसको पनि नाम लिन सक्ने बताए ।

लामिछानेले भने- उहाँले दिएको सबै बयान हामीले रेकर्ड गरेका छौं । सांसद पद खारेज नगरियोस्, खारेज गरे म जसको नाम लिन सक्छु, सिध्याइदिन्छु भन्नुभएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com