काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् ।

बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले विगत तीन दशकयताको देशको अवस्थाप्रति युवा पिँढीमा चरम असन्तुष्टि पैदा भएको बताएका हुन् ।

advertisement

राजा ज्ञानेन्द्रले सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरूको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको बताएका छन् । सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन पुगेको भन्दै उनले उत्पादन, आर्जन एवं परिचालनमा उपयुक्त ध्यान नदिँदा जन साधारणमा समस्या बढेको बताएका छन् ।

प्रकाशित मिति: ३० चैत्र २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com