काठमाडौं । वैशाख १० को उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ता गर्दा नेपाली कांग्रेसले चितवन–२ र तनहुँ–१ मा पार्टीका दुई महामन्त्री खटाएको थियो।

सोहीअनुसार चितवन–२ मा महामन्त्री विश्वप्रकाश शर्मा र तनहुँ–१ मा गगन थापा पुगेका थिए। त्यसै दिनदेखि सामाजिक सञ्जालमा दुवै जनालाई कटाक्ष गर्दै एक पोस्टर भाइरल छ। उक्त पोस्टर नेपाली चलचित्र ‘देवरबाबु’ को प्यारोडी शैलीमा बनाइएको छ।

advertisement

जसमा कांग्रेस सभापति पत्नी आरजु देउवा राणासँगै महामन्त्री द्वय थापा र शर्मालाई राखिएको छ। मनोनयन दर्ताका लागि पुगेका दुवै कांग्रेस महामन्त्रीले उक्त दिन विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चर्को आलोचना गरेका थिए।

त्यसैको प्रतिशोधमा रास्वपाका समर्थकहरूले उक्त प्यारोडी पोस्टर प्रयोग गरेर दुबै जना महामन्त्रीलाई कटाक्ष गर्दै आएका छन्।

यस्तोमा महामन्त्री विश्वप्रकाश शर्माले सोही प्यारोडी पोस्टर प्रयोग नयाँ वर्षको शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमा सोही पोस्टर राखेर उनले लेखेका छन्, ‘व्यंग्य, आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ। यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न। तथ्यमा आधारित जो हुन्छन्, तिनले परिमार्जनलाई सघाउँछन्। जो हुन्नन् ती समयसँगै हराउँछन्। नयाँ वर्षको शुभकामना दिँदै यस्तो व्यंग्य, आलोचना र प्रश्नलाई सदैव स्वागतको प्रतिबद्धता !’

प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com