काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।

शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका हुन्।

advertisement

नयाँ वर्षको शुभकामना दिंदै उनले भनेका छन्,’आज हामी २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौं। सम्पूर्ण नेपालीहरुलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्न चाहान्छु। मेरो स्वास्थ्यका कारण हजुरहरुसंग सहभागी हुन सकेको छैन्। हजुरहरुको माया,प्रेम र प्राथनाका कारण स्वास्थ्यमा सुधार भइरहेको छ।’

उनले आफू छिटै नेपाल फर्किइ नेपालमै स्वास्थ्य उपचार गराउने पनि बताएका छन्। भण्डारी अहिले मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराइरहेका छन्।

बुद्धनगरस्थित निवासमा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा भण्डारी र उनकी आमा गत फागुन ३ गते गम्भीर घाइते भएका थिए।

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा सांसद भण्डारीकी आमा हरिकलाको फागुन ४ गते निधन भएको थियो। सांसद भण्डारीलाई फागुन ४ मा थप उपचारका लागि मुम्बई लगिएको थियो।

 

प्रकाशित मिति: १ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com