काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नगर्न आग्रह गरेका छन् ।

रास्वपा सभापति लामिछानेले चितवनमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा श्रेष्ठलाई मुद्दा नहाल्न आग्रह गरेका हुन् ।

advertisement

उनले भने, ‘जो साथी बाहिरिनुभयो, हाम्रा लागि पूर्व सांसद, उहाँलाई म यति मात्रै भन्न चाहन्छु कि यो यात्रामा तपाईँले हामीलाई सघाउनु होला । यो गर्छु, त्यो गर्छु, मुद्दा हाल्दिन्छु, त्या गर्छु, यसो गर्दिन्छु नभन्नुहोला । यो यात्रामा कहीँ न कहीँ तपाईँको पनि योगदान छ । आफूले योगदान दिएको यात्रामा आफू साइड लागेर, आफू अन्त बसेर पनि तपाईँले सघाउनु होला । भोलि अदालतले क्लिन चिट दिएछ भने नेपाली जनताले भोट दिएर जिताउँछन् । हामी तपाईँलाई संसद्मा स्वागत गरौँला । यो यात्रा बिथोल्ने काम नगर्नुस् । किनकि यो यात्रा एउटा मान्छेको यात्रा होइन । लाखौँ लाख नेपालीले विश्वास गरेको भरोसा गरेको यात्रा हो । त्यो भरोसा गरेको यात्रालाई कुठाराघात गर्ने छुट कसैलाई पनि छैन । न मलाई न उसलाई ।’

आफूलाई कारबाही गरिएको कदमविरुद्ध श्रेष्ठ अदालत जाने तयारीमा छन् । लामिछानेले घुसको अडियो सार्वजनिक भएको ७२ घण्टामा नै कारबाही गरेको चुनावी सभामा अभिव्यक्ति दिएका थिए ।

 

प्रकाशित मिति: २ बैशाख २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com