काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ उपसंयोजक सूर्यमणि पौडेलले प्रचण्डलाई कारबाही गर्न माग गर्दै तनहुँ-१ को निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन् ।

गठबन्धनको उम्मेदवारको प्रचार-प्रसारमा बहालवाला प्रधानमन्त्री हेलिकोप्टरमार्फत गएर उम्मेदवारले जिते मन्त्री बनाउने अभिव्यक्ति दिएर आचार संहिता उल्लंघन गरेको भन्दै पौडेलले कारबाहीको माग गरेका हुन् ।

advertisement

“गठबन्धनको उम्मेदवारको प्रचारप्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बाहनामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति त्यहाँको ध्यानाकर्षण गराउन चाहन्छौँ,” उजुरीमा भनिएको छ ।

 

प्रकाशित मिति: ७ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com