काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले अर्थ समिति रोजेका छन् ।

सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहने सांसदहरुको नाम शुक्रबार संसदमा पढेर सुनाएका थिए ।

advertisement

अर्थ समितिमा रहेका वाग्लेले शुक्रबार नै सांसदको पद तथा गोपनीयताको सपथ लिएका थिए ।

उक्त समितिमा कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की, विनोद चौधरी दिपक खड्का, अञ्जनी श्रेष्ठ, सन्तोष चालिसे लगायत छन् । एमालेबाट प्रमुख सचेतक पद्म गिरी अर्थ समितिमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अर्थ समिति रोजेका छन् ।

प्रकाशित मिति: १५ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com