काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।

पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनबाट पुन सांसद निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका हुन् ।

advertisement

मंसिर ४ को आमनिर्वाचनपछि रास्वपाले सभापति लामिछानेलाई नै संसदीय दल नेता चुनेको थियो । तर, सर्वोच्च अदालतको फैसलाबाट उनको सांसद पद गुम्यो। त्यसपछि अर्याल संसदीय दलको नयाँ नेता चयन गरिएका थिए ।

लामिछाने फेरि संसदमा फर्किएपछि उनलाई संसदीय दलको नेता बन्ने बाटो खुला गर्दै अर्यालले राजीनामा दिएका हुन् ।

अर्यालले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई बुझाएको राजीनामा आज पार्टीको संसदीय दल बैठकले स्वीकृत गरेको छ। आफ्नो राजीनामा पत्रमा अर्यालले सभापति लामिछाने सांसदबाट पदमुक्त भएपछि अस्थायी रुपमा आफूले सो जिम्मेवारी लिएको उल्लेख गरेका छन् ।

रास्वपा स्रोतका अनुसार सोमबार बस्ने अर्को संसदीय दल बैठकले प्रक्रियागत रुपमा नयाँ नेता चयन गर्ने छ । सभापति लामिछाने पुनः सर्वसम्मतिले संसदीय दलको नेता चयन हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति: १६ बैशाख २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com