काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा द्विपक्षीय छलफल भएको बताइएको छ।

advertisement

‘प्रथमतः रवि लामिछाने चितवन २ बाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई, शुभकामना दिनुभयो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘उहाँहरूबीच एजेन्डागत छलफल त थिएन तर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भयो।’

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन आग्रह गरेका थिए।

त्यसमा लामिछाने सकारात्मक रहेको सचिवालयको भनाइ छ।

यता रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्नेबारे छलफल गर्न सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ।

यस्तै रास्पाको संसदीय दलको बैठक सोमबार दिउँसो तीन बजे बस्दै छ। भोलि बस्ने संसदीय दलको बैठकले लामिछानेलाई नेता चुन्ने बताइएको छ।

 

प्रकाशित मिति: १७ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com