काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अबदेखि चुनावअघि गठबन्धन गर्न नहुने बताएका छन् ।

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसमा काठमाडौँमा आयोजित कार्यक्रममा थापाले यस्तो बताएका हुन् ।

advertisement

चुनावअघिको गठबन्धनका कारण पार्टी कमजोर भएको भन्दै थापाले ४ मंसिरको चुनावमा र गत १० वैशाखको उपनिर्वाचनमा आशा गरे अनुसारको नतिजा नआएको दाबी गरे ।

‘काँग्रेसले नीति अधिवेशनबाट के कुरा भन्नै पर्छ भने आफ्नो मतदातालाई अरु दलको चुनाव चिह्नमा मत हाल्न लगाउँदैनौँ,’ थापाले भने, ‘नेपाली काँग्रेस २० वर्षसम्म हारे हार्छ, कुनै पनि दलसँग कहिले पनि चुनाव अघि गठबन्धन गर्दैनौँ ।’

काँग्रेसबाहेक सबै दल एक ठाउँमा उभिए पनि काँग्रेस चुनावअघिको गठबन्धनको विपक्षमा उभिनुपर्ने उनको भनाइ छ ।

 

प्रकाशित मिति: १८ बैशाख २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com