काठमाडौँ । तत्कालीन ऊर्जा मन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं प्रहरीले बुधबार जिल्ला अदालत काठमाडौँबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा अनुसन्धानका क्रममा काठमाडौँ प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो ।
प्रहरी अधिकारीका अनुसार बुधबार नै पक्राउ परेका तत्कालीन गृह सचिव एवं हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेसँग लिइएको प्रारम्भिक बयानका आधारमा अनुसन्धानलाई अगाडि बढाउन रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार












प्रतिक्रिया