काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ पुर्जी जारी भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी अर्घाखाँचीको एउटा कार्यक्रममा विशेष अतिथि बनेर सहभागी भएका छन् ।

उनी अर्घाखाँचीको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन समारोहमा विशेष अतिथि बनेर सहभागी भएका हुन् ।

advertisement

उनीसँगै यो कार्यक्रममा सभामुख देवराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी भएका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगिदिने भन्दै पैसा उठाउने कार्यमा संलग्न रहेको आरोप लागेपछि  टोपबहादुर र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीपले एक करोड रुपैयाँको चेक लिएको पाइएको स्रोतले जनाएको छ ।

रायमाझी यो कार्यक्रममा सहभागी हुँदा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक भइसकेको थियो । तर उनले कार्यक्रममा यसबारे कुनै प्रतिक्रिया दिएनन् ।

प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com