काठमाडौँ । रास्वपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ। सरकारमा सहभागी नहुने मनसायमा पुगेको रास्वपाले समर्थन फिर्ता लिने भएको हो ।

सरकारमा समर्थन दिएर सत्ता पक्षको कुर्सीमा बस्नुभन्दा समर्थनसमेत फिर्ता लिएर प्रतिपक्षी बेन्च बस्नु उपयुक्त हुने निष्कर्ष रास्वपा नेताहरुले निकालेका छन्। दोस्रो पटक विश्वासको मत लिन रास्वपाले पनि दाहाललाई मत दिएको थियो।

advertisement

उपचुनावपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपालाई सरकारमा सहभागी गराउन प्रयत्न गरे पनि सफल नहुने देखिएको छ ।

रास्वपा सभापति रवि लामिछानेलाई बोलाएर प्रधानमन्त्री दाहालले साबिककै गृहसहित उपप्रधानमन्त्री दिने र अरु दुईवटा मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका छन्।

तर रास्वपाभित्र सरकारमा जान नहुने मत बलियो गरी उठेकाले शुक्रबार बस्ने केन्द्रीय समितिलेले औपचारिक निर्णय लिने एक नेताले जानकारी दिए।

सोमबार बसेको केन्द्रीय समिति बैठकले सरकारमा पार्टीको सहभागिताबारे विषय प्रवेश गराएर शुक्रबार (भोलि) निर्णय लिने भन्दै सकिएको थियो।

समर्थकहरूले पनि रास्वपा नेताहरूलाई सरकारमा सहभागी नहुन दबाब दिएका छन्।

 

प्रकाशित मिति: २१ बैशाख २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com