काठमाडौँ । नेकपा एमालेले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेको छ ।

संसद्को आइतबारको बैठकमा समय लिएर बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताए ।

advertisement

प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको भन्दै उनले भने, ‘फिल्म हेर्न आतुर छौँ, टिकट काटेर बसेका छौँ । वाइड बडीको छानबिन गरौँ, बाँसबारीको छानबिन गरौँ, मातातीर्थको छानबिन गरौँ । यती, ओम्नी र लडाकू शिविर काण्डको छानबिन गरौँ ।’

 

प्रकाशित मिति: २४ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com