काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले सबै नेताको सम्पति छानबिन गर्न माग गरेकी छन्।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद राणाले सबै नेताको सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित गर्न माग गरेकी हुन्। साथै उनले आफ्ना पति शेरबहादुर देउवा ५/६ पटक प्रधानमन्त्री भइसकेको बताउँदै सम्पत्ति विवरण सार्वजनिक गर्न तयार रहेको बताइन्।

advertisement

‘मेरा पति पाँच/छ पटक प्रधानमन्त्री भइसक्नु भएको छ। हाम्रो सम्पत्ति नेपाल सरकारसँग सुरक्षित छ’, उनले भनिन्, ‘सबैको सम्पत्ति विवरण सार्वजनिक रूपमा प्रकाशित होस्। सबैको सम्पत्ति खोजौँ।’

सांसद राणाले महिलाहरू आफ्नो बलमा पब्लिक लाइफमा आउँदा पुरूष सह्य नहुने गरेको गुनासो गरेकी छन्।

‘भ्रष्टाचारको कुरामा हामी कति सिरियस छौँ? म संसदमा नभएको दिनमा मेरो नाम यहाँ भ्रष्टाचारमा जोडियो। एउटा नारीले आफ्नो हैसियतमा राजनीतिक गरेको नहुने रहेछ,’ उनले भनिन्, ‘नारीले आफ्नो बलमा गरेको प्रगति पुरूषले नसहने रहेछन्। पुरूषले भनेको कुरा मात्रै मान्नु पर्ने रहेछ। महिला आफ्नो बलमा पब्लिक लाइफमा आयो भने पुरूषलाई सह्य नहुने रहेछ। मैले केही बिराएको छैन, डराउँदिनँ।’

प्रकाशित मिति: २४ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com