काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरू भएको बताउँदै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका छन्। काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको मंगलबार शिलान्यास गर्दै उनले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरूको हिजोको जस्तो साथ सहयोग आवश्यक छ।  म तपाईंहरूसँग अपिल गर्न चाहन्छु।’

advertisement

आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको उनले बताए। ‘अन्यायमा परेकालाई न्याय चाहियो।  समानता चाहियो।  तिनीहरूलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यही हो,’ प्रचण्डले भने,‘सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रूप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।’

जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका ५ वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्त गरे।

लोडसेडिङको युगबाट विद्युत बिक्री गर्ने युगमा आएको उल्लेख गर्दै उनले आफ्नो आसन्न भारत भ्रमणमा विद्युत बिक्री र उत्पादनका विषयमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताए।  यो सबै नेपालीका निम्ति खुसी र गर्वको कुरा भएको उनको भनाइ थियो।

 

प्रकाशित मिति: २६ बैशाख २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com