काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा दोषी भेटिएमा नेतादेखि उसका नातासम्मलाई नछाड्न आग्रह गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै कांग्रेस महामन्त्रीसमेत रहेका सांसद थापाले शरणार्थी प्रकरणमा दोषी एक जनालाई पनि नछाड्न आग्रह गरेका छन्।

advertisement

‘अहिलेसम्म जे भएको छ, म सरकारको प्रशंसा गर्छु। प्रधानमन्त्री र गृहमन्त्रीलाई यो सन्दर्भमा हार्दिक बधाई छ,’ थापाले भने, ‘संलग्न जुनसुकै दल र ओहदाको होस्, कारबाहीको दायरामा ऊ आउनैपर्छ।’

उनले बजारको हल्ला र कुनै भेटघाटले पनि अनुसन्धान प्रभावित हुन नहुने बताए।

‘कुनै दबाबले अनुसन्धान प्रभावित नहोस्। अनुसन्धान फ्रि र फेयर होस्। निर्दोष कोही पनि नपरोस्, तर दोषी छ भने नेता होस् कि नाता होस् एउटा पनि नछुटोस्। यो प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेक्यो भने योभन्दा अघि उसले सुशासनको नारा लगाउन सक्छ। तपाईंको फिल्म चल्छ। हाउसफुल हुन्छ नभए हल खाली हुन्छ।’

उनले विश्वास लाग्ने गरी अनुसन्धान गर्न पनि आग्रह गरेका छन्।

 

प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com