काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सांसद टोपबहादुर रायमाझीको खोजीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्को जुक्ति लगाएको छ । सीआईबीले टोपबहादुर बिरामी भएको पत्र संसदमा ल्याउने व्यक्तिको खोजी सुरु गरेको छ ।

केही दिनअघि एक व्यक्तिले संसद सचिवालयमा रायमाझी बिरामी भएको पत्र ल्याएर दर्ता गराएका थिए । ती व्यक्ति को हुन् भन्ने अहिले खोजी गर्न थालिएको हो । यसका लागि सीआईबीले सचिवालयको सीसिटिभी फुटेज लगेको छ ।

advertisement

‘संसदमा रायमाझी विरामी भएको पत्र त पुग्यो तर त्यो पत्र कसले लगेको थियो भन्ने कुरा आएन । त्यसरी पत्र लैजाने व्यक्तीको पहिचान खुल्न सकेको अवस्थामा रायमाझीलाई पक्राउ गर्न सजिलो हुन्छ,’ सीआईबी स्रोतले भन्यो ।

पक्राउ पूर्जी जारी भएपछि रायमाझी भैरहवाबाट सम्पर्कविहीन भएका थिए । प्रहरी प्रमुख बसन्त कुँवरलाई आफु प्रहरीकहाँ आफै जाने बताएका रायमाझी त्यसपछि सम्पर्कविहीन बनेका हुन् ।

रायमाझी आउने आशमा उनको गाडीको लोकेसन हेर्दै धादिङसम्म पुगेको प्रहरीले ‘चक्मा’ खाएको थियो । उनको गाडी चालकले मात्र लिएर काठमाडौं आएका थिए । रायमाझी भारतमा गएको हुनसक्ने प्रहरीको आशंका छ ।

अब बढीमा १० देखि १४ दिनभित्र रायमाझी पक्राउ नपरे उनी सिधै अदालत उपस्थित हुन सक्नेछन् । त्यसको मतलब उनले प्रहरी हिरासतमा बस्नुपर्ने छैन । काठमाडौं प्रहरीले ठगी र संगठित अपराधमा अुनसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति: २९ बैशाख २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com