काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गलत गर्न खोजे साथ दिन नसकिने स्पष्ट पारेका छन्।

शनिबार काठमाडौँमा पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । शरणार्थी प्रकरणमा अहिलेसम्म सरकारले राम्रो काम गरेकाले आफूहरूको समर्थन रहेको उनले बताए । गलत काम गर्न खोजे साथ दिनुपर्छ भन्ने बाध्यता नरहेको उनको भनाइ छ ।

advertisement

उक्त प्रकरणमा सरकारले खुट्टा कमाउन नहुने भन्दै उनले जुनसुकै ओहोदामा रहेका व्यक्तिलाई पनि उन्मुक्ति दिन नहुनेमा जोड दिए ।

देशद्रोही काममा कम्युनिस्ट भनिएका व्यक्तिहरू नै संलग्न हुनु लाजमर्दो कुरा भएको उनले बताए ।

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका कतिपय व्यवहारबाट सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको अध्यक्ष नेपालले उल्लेख गरे ।

“…अहिले शक्ति हासिल गरेको हुनाले, सत्तामा बसेको हुनाले काँग्रेस र माओवादीका कतिपय व्यवहारबाट हामी सन्तुष्ट छैनौँ,” उनले भने, “त्यसो भयो आलोचना पनि गर्छौँ । उनको सामु हामी नतमस्तक हुनुपर्ने कुनै पनि आवश्यकता छैन । तर, हाम्रो ध्यान आफ्नो सङ्गठन कसरी विस्तार गर्ने, बलियो कसरी बनाउने भन्ने कुरामा केन्द्रित हुनुपर्ने आवश्यकता छ ।”

 

प्रकाशित मिति: ३० बैशाख २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com