काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारीलाई सिधै लगेर बागमतीमा चोपल्नु पर्ने बताएका छन्।

मेयर शाहले सामाजिक सञ्जालमा आफ्नो बिचार राख्दै यस्तो बताएका हुन् । उनले भ्रष्टाचार विरुद्ध भइरहेको आन्दोलनमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति विमति जनाएका छन् ।

advertisement

यसरी भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर सडकमा उत्रिनु भन्दा भ्रष्टाचारीलाई कारबाहीको नीति बनाउन लाग्नुपर्ने उनको धारणा छ ।

उनले भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई होइन कारबाही गर्नलाई हो, त्यसैले अब सिधै कारबाही गर्ने नीति बनाउनु पर्ने पनि बताएका छन् ।

उनले भनेका छन् , ‘भ्रष्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपल्नुस्। यस्तो सडक नाटक धेरै देखी सकियो हाम्ले । पत्याउँदिन म चाहिँ । तपाईँहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कारबाही गर्नलाई हो, सिधै कारबाही गर्ने नीति बनाउनलाई हो ।’

प्रकाशित मिति: ३१ बैशाख २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com