काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको आदेश पालना गर्दै टोपबहादुर रायमाझी प्रहरीसामु पुगेको बताएका छन्।

नक्कली भुटानी शरणार्थी बनाएर गठी प्रकरणमा मुछिएका रायमाझी हिजो राति बुढानीलकण्ठबाट पक्राउ परेका थिए।

advertisement

पक्राउ पुर्जी जारी भएको ११ दिनपछि प्रहरी रायमाझीलाई पक्राउ गर्न सफल भएको छ।

प्रहरीका अनुसार उनी बुढानीलकण्ठस्थित एक कार्यकर्ताको घरमा लुकेर बसेको थिए।

एमालेको आदेश पालना गरेर टोपबहादुर प्रहरीसामु पुगेको नेता बस्नेतले बताए।

‘प्रहरी अनुसन्धानलाई सहयोग गर्न एमालेले गरेको आदेश पालना गर्दै टोप बहादुर रायमाझी प्रहरीसामु पुग्नु भएको छ। नेपाल प्रहरीलाई निष्पक्ष छानबिन गरी सम्पूर्ण अपराधिहरूलाई कारबाहीको दायरामा ल्याउन अनुरोध छ,’ सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्।

 

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com