काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर बदनाम गरेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी हुन् ।

उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको देउवाले बताइन् । उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ,

advertisement

नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (चरित्रमाथि बलात्कार) हो ।’

महिलालाई राजनीतिमा आउँदा धेरै समस्याको सामना गर्नुपर्ने भन्दै आफूले ब्यहोरिरहेको बताइन् । ‘वुमनलाई पोलिटिक्समा आउँदा सबै कुरा ब्यहोर्न सक्नुपर्छ, म ब्यहोरिरहेको छु । यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस्’ उनले भनिन् ।

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com