काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सङ्घीयता जोखिममा पर्ने अवस्था देखिएको बताएका छन् । उनले लोकतन्त्र, गणतन्त्र र संविधान सङ्कटमा पर्न थालेको पनि बताए ।

सोमबार विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

advertisement

उनले भने, ‘लोकतन्त्र जब सङ्कटमा पर्न थालेको छ, गणतन्त्र जब सङ्कटमा पर्न थालेको छ, संविधान नै सङ्कटमा पर्ने अवस्था देखिँदै छ । सङ्घीयता जोखिममा पर्ने अवस्था देखिँदै छ । यस्तो अवस्थामा कम्युनिष्टहरुले फेरि आफ्नो जिम्मेवारीलाई महसुस गर्नुपर्ने आवश्यकता छ। कम्युनिष्टहरुले उठाउने तेस्रो झण्डा भनेको जनजीविकाको झण्डा हो । सामाजिक न्यायको झण्डा हो । समानताको झण्डा हो । विकासको र समृद्धिको झण्डा हो । यसले यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ। यसले यी तीन कुरालाई अहिले हामीले बोकिरहेका छौँ । विकास हामी बोकिरहेका छौँ। तर खोजेको जस्तो छैन, समाजमा एक भारी विकृति र विसङ्गति अहिले पनि विद्यमान छन्।’

उनले अब कम्युनिस्ट पार्टीहरू एक भई आफ्नो जिम्मेवारीलाई महसुस गर्नुपर्ने आवश्यकता देखिएको बताए। उनले कम्युनिस्टहरू एक भएर नागरिकको जनजीविका, सामाजिक न्याय र समानताको झण्डा उठाउनुपर्ने आवश्यकता रहेको बताए।

 

प्रकाशित मिति: १ जेष्ठ २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com