काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ ।

रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा.मुकुल ढकालले सोमबार विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गरेका छन् । उक्त प्रकरण सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ ।

advertisement

‘यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ, यस प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन, उक्त घटनाका सम्बन्धमा हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन छ’, विज्ञप्तिमा भनिएको छ । रास्वपाले उक्त घटना भ्रष्टाचारको मुद्दामात्र नभई एक सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको जनाएको छ ।

भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पुर्‍याएको भन्दै उक्त प्रकरणका बहु आयामिक पक्षलाई केलाएर अनुसन्धानलाई सोही ढङ्गले अगाडि बढाउन रास्वपाले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com