काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई थप बिग्रन नदिन सचेत भएर अघि बढ्न सबैमा आग्रह गरेका छन्।
जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा एक सन्देश जारी गर्दै अध्यक्ष ओलीले जननेता भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न र समाजमा आदर्शको महत्व हुन्छ भन्ने कुरालाई मनन गर्न पनि आग्रह गरेका छन् ।
२०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटना परी दुवै नेताको निधन भएको थियो । यो रहस्यमय दुर्घटनाको पर्दा अझै उघारिएको छैन ।
प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार













प्रतिक्रिया