काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पक्राउ पर्नु अगाडि बिचौलियाबाट लिएको रकममध्ये एक करोड फिर्ता गरेका थिए।

उनले उक्त रकम आफ्ना निजी सहायक नरेन्द्र केसीमार्फत फिर्ता गरेको प्रहरीले तथ्य फेला पारेको छ ।

advertisement

भुटानी शरणार्थी प्रकरणमा गिरोहका प्रमुख सदस्य केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ चैत १२ गते पक्राउ परेपछि उनीहरूले यस प्रकरणसँग जोडिएका राजनीतिक दलका नेता र प्रशासनिक कर्मचारीहरूको नाम दिन थालेसँगै पूर्व गृहमन्त्री खाँण पनि पक्राउ परेका हुन् ।

 

प्रकाशित मिति: ३ जेष्ठ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com