काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । उनलाई एयरपोर्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

advertisement

रिजाल भुटानी शरणर्थीलाई भुटानमै पुनर्स्थापित गर्ने मुद्दा लिएर उनीहरूको अधिकारका लागि वकालत गर्दै आएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेका संख्या १६ पुगेको छ ।

 

प्रकाशित मिति: ४ जेष्ठ २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com