काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा १५ वटा राँगासँग दुई वटा महत्त्वपूर्ण नदी बेचेको आरोप लगाएका छन् ।

स्याङ्जाको आँधीखोला र कालीगण्डकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले नेपाल आफैले बनाउन सक्ने अति सस्तो फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना भारतलाई जिम्मा दिएर १५ वटा राँगा लिएको फर्किएको बताएका हुन् ।

advertisement

सस्तो आयोजनाहरू आफैले बनाउने र जनतालाई शेयर दिनुपर्ने दायित्व सरकारसँग भए पनि प्रधानमन्त्रीले आफ्नो पद यथावत राख्ने शर्तमा जनतालाई अवमूल्यन गर्दै आयोजना भारतलाई जिम्मा दिएको अध्यक्ष ओलीको भनाइ छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको सम्झौता गरेका थिए । सम्झौतासँगै नेपालको सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com