काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भनी प्रहरीले मुद्दा चलाएका भीआईपीमध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री तथा एमाले सांसद टोपबहादुर रायमाझी र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा एक साताभन्दा लामो बहस र सुनुवाइपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित लक्ष्मी महर्जन र टंक गुरुङबाहेक बाँकी १६ जनालाई कारागार सजाय भएको हो।

advertisement

उनीहरु सबैलाई केन्द्रीय कारागार जगन्नाथ देवल पठाउन अदालतले आदेश दिएको छ ।

खाणको पक्षबाट बहस गरेका पूर्वमहान्यायाधिवक्ता खम्म खातीले अदालतसमक्ष डिल्लीबजार कारागार पठाइदिन गरेको लबिङ न्यायाधीशले अस्वीकार गरेका छन् ।

प्रकाशित मिति: १ असार २०८०, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com