काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ले लिएका पछिल्लो केही कदमले उनको चर्चा बढेको छ ।

आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नेदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउनेसम्मका उनका निर्णयलाई हरेक नेपालीले साथ दिएका छन् ।

advertisement

दक्षिण भारतीय फिल्म आदिपुरुषमा समावेश एक संवाद हटाउन उनले अल्टिमेटम नै दिएका थिए । आफूले दिएको समय सीमा भित्र फिल्मको संवाद नहटेपछि बालेनले काठमाडौंमा सम्पूर्ण भारतीय फिल्मको प्रदर्शन नै रोकेका छन्।

अहिले उनले एक कविता लेख्दै आफू नेपाल देशको नागरिक भएको जिम्मेवारी पूरा गरेको बताएका छन् ।

उनले लेखेको कविता यस्तो छ:

जब देशमा सबै मरेका हुन्छन् ,
तब एक जनाले सास फेरेर देखाउनु पर्छ,
की, म बाचेको छु ।
मेरो देशलाई कसैको गुलाम नभई , देश मानेको छु ।
म सबै भन्दा ज्ञानी त हैन, तर नागरिक हुन जानेको छु ।
मैले म ठुलो , मेरो देश सबै भन्दा ठुलो भनिन ,
तर मेरो देशलाई, देश त ठानेको छु ।

प्रकाशित मिति: ४ असार २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com