काठमाडौं । सामाजिक संजालमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा समर्थकहरु असहिष्णु भएर गालिगलौजमा उत्रिएको टिप्पणी भइरहेका बेला रवि लामिछानेले अब यस्तो व्यहोरा नदेखाउँन आग्रह गरेका छन् ।

रास्वपा धादिङ काठमाडौं सम्पर्क भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले समर्थकबाट तल्लोस्तरमा गएर गागिलौज गर्दा पार्टी र नेताहरुलाई अप्ठेरो पर्ने गरेको बताए।

advertisement

उनले भने–हामीमाथी सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ । तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरुसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने ? हामीले घृणा फैलाउने होइन । आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।

लामिछानेले माया गर्न पनि जान्नुपर्ने भन्दै रास्वपा समर्थकले आफ्ना नेताहरुका बारेमा आएका टिप्पणीबाट असाध्यै चित्त दुःखाएर गाली गर्दा सामाजिक संजाल नै डिएक्टिभ गरेर हिड्ने अवस्था आउन नहुने बताए । उनले तर्कहीन मान्छेले मात्र गालिगलौज गर्ने बताए ।

प्रकाशित मिति: ९ असार २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com