काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्न बाँकी रहेको बताएका छन्।

आइतबार बिहान नारायण विलास जोशी स्मृतिको ३४ औं स्मृति दिवसको अवसरमा भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक क्रान्तिको काम सम्पन्न गरेपनि जनताको जीवनमा परिवर्तन गर्न बाँकी रहेको बताएका हुन्।

advertisement

उनले भने, ‘राजनीतिक क्रान्तिको काम सम्पन्न गर्‌यौं। अब अर्को महत्त्वपूर्ण काम गर्न बाँकी छ, जनताको जीवनमा आमुल परिवर्तन गर्ने, जनताको जीवन सुखी बनाउने, जनताको जीवनलाई समृद्ध बनाउने काम बाँकी छ। जनतालाई समानता र अवसर दिनुपर्छ।’

प्रकाशित मिति: १७ असार २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com