काठमाडौं । राजधानी काठमाडौंसहित उपत्यकाका तीन वटै जिल्लाको फोहोर विर्षजन हुने ठाउँ रहेको नुवाकोटको ककनी गाउँपालिकाले अब फोहोर बोकेर गएका हरेक ट्रिपरलाई एक पटकमा एक हजार देखि पन्ध्रसय कर अशुल्ने भएको छ ।

‘आगामी आर्थिक वर्ष २०८०/८१ सुरु हुने दिन १ साउनदेखि फोहोर बोक्ने गाडीसँग शुल्क लिन्छौं,’ गाउँपालिका अध्यक्षले भने । तर, संविधानले सवारीको आगमनलाई प्रभावित गर्ने गरी स्थानीय तहले यस्तो सेवा शुल्क लिने अधिकार दिएको छैन । यसबारे प्रश्न पर्दा अध्यक्ष तामाङले भने, ‘फोहोर व्यवस्थापन स्थानीय तहको जिम्मेवारी हो, यो गर्दा शुल्क लिन पाइन्छ, हामी ल्यान्डफिल साइट प्रभावित क्षेत्र भएकाले स्वभाविक रुपमा फोहोर व्यवस्थापन गर्नेहरुले हामीलाई प्रभावितका रुपमा व्यवहार गर्नुपर्छ ।’

advertisement

बञ्चरेडाँडमा फोहोर पठाउने सबै स्थानीय तहलाई १ साउनदेखि लागु हुने प्रवेश शुल्कबारे जानकारी दिन पत्र काटिएको उनले बताए । ‘यहाँ फोहोर ल्याउने गाडीका चालकहरुलाई पनि यसबारे जानकारी गराएका छौं,’ उनले भने ।

अब यस्तो फोहोर बोकेर जाने गाडीले कककनी गाउँपालिका प्रवेश गर्दा नै शुल्क तिर्नुपर्ने भएको छ ।

प्रकाशित मिति: २६ असार २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com