काठमाडौं । हाल देशभर महामारीको रुपमा फैलिएको लम्पी स्किन संक्रमण रोगले नेपाल भरिका हजारौं पशुचौपायाहरु मरेका र लाखौं संक्रमित भएका छन् । यस्तो गम्भिर समस्यामा सरकारले उदासिनता देखाएको भन्दै ‘राष्ट्रिय किसान संगठन नेपाल’ले खेद प्रकट गरेको छ ।

लम्पी स्किन रोगको प्रकोपबाट हाल देखिएको जटिल अवस्थालाई गम्भिररुपमा लिन तथा आवश्यक योजना तथा कार्यक्रमसहित रोग नियन्त्रणमा तत्काल सम्वद्ध निकायका संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न ‘राष्ट्रिय किसान संगठन नेपाल’ले सरकारसँग माग समेत गरेको छ ।

advertisement

लम्पी स्किन रोगको कारणबाट आमकिसानलाई पुग्न गएको क्षतिको उचित क्षतिपूर्ति, रासायनिक मल तथा बिउबिजनको व्यवस्थापन लगायतका कृषकहरुका समस्याहरुमाथि सरकार गम्भिर नहुने हो भने सडक संघर्षमा उत्रन बाध्य हुने ब्यहोरा समेतको प्रेसबिज्ञप्ति जारी गर्दै ‘राष्ट्रिय किसान संगठन नेपाल’ले यथोचित समाधानको लागि दीर्घकालीन योजना ल्याउन सरकारसँग आग्रह गरेको छ।

बिज्ञप्ति: 

प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com