काठमाडौँ । भ्रष्टाचारको आरोपमा पक्राउ परेका काँग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पार्टी निलम्बन गर्न माग गर्दै महामन्त्री गगनकुमार थापाले पार्टीको केन्द्रीय समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।

केन्द्रीय कार्यसमिति बैठकमै लिखित रूपमा फरक मत राखेका थापाले निर्णयमा पनि फरक मत दर्ता गराएका हुन्।

यद्यपि काँग्रेस बैठकले भने खाँणको बारेमा कुनै निर्णय गरेको छैन। बैठकपछि भएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले भने आरोप लगाउँदैमा कोही दोषी नहुने भन्दै खाँणको बचाउ गरेका छन्।

प्रकाशित मिति: ११ श्रावण २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com