काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको लडाइँ निर्मम हुने भन्दै दरबार हत्याकाण्डको उदाहरण दिएका छन् । आफ्नैले आफ्नैको हत्या गरेर छोराको टाउकोमा दोष थोपरिदिएको उनले टिप्पणी गरे।

आज पार्टीको जनवर्गीय सङ्गठनको कार्यक्रममा ओलीले दरवार हत्याकाण्डको चर्चा गरेका हुन् । उनले हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्र शाह जिम्मेवार रहेको परोक्ष संकेत गरे।

advertisement

ओलीले भने, ‘राज्यका लागि प्रतिक्रियाबादीहरुले केसम्म गर्छन् भने,‘वंश विनाश गरिदिए वीरेन्द्रको । राजा जस्तोको वंश विनाश गरे । कति निर्मम हुँदो रहेछ सत्ताको लडाइँ‘। आफ्नैले आफ्नैलाई, आफ्नै पूजनीयलाई आफैँले हत्या गरेर दोष थोपरिदिने फेरि उसकै छोराका टाउकोमा । जो मारिएको छ उसकै टाउकोमा ‘। सप्पैलाई मार्‍यो, यताबाट लगेर गोली हान्यो रे क्या ‘। चलायो दाहिने हातले, तर यतापट्टि लगेर ९हातले देखाउँदै० बडो अप्ठेरोसँग हानेछ । यस्ता आरोप लगाउँछन् राजनीतिमा ।’

प्रकाशित मिति: १३ श्रावण २०८०, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com