काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागारमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण र एमाले नेता टोपबहादुर रायमाझी उच्च अदालत पाटन पुगेका छन् ।

आफूहरूलाई थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध नेता खाँण र रायमाझीलगायत आरोपितहरू उच्च अदालत पुगेका हुन् ।

advertisement

 

थुनछेक आदेशविरुद्ध उनीहरूको कैफियत निवेदन दर्ता भएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दीरा शाहीले जानकारी दिइन् ।

आफूहरू थुनामुक्त गर्ने आदेश माग उनीहरूले गरेका छन् ।
यसअघि जिल्ला अदालत काठमाडौंले गत असार १ गते उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com