काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की प्रभावशाली नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्री अहिले निश्क्रिय छिन्।
झाँक्रीले पूरानै घर (एमाले) मा फर्कने मन बनाएको कुरा यसअघि नै चर्चामा आएको थियो । तर, पछिल्लो समय उनको अध्यक्ष माधवकुमार नेपालसँग त्यति सुमधुर सम्बन्ध छैन् । आफूलाई नेतृत्वले बेवास्ता गरेको उनको गुनासो छ।
अध्यक्ष नेपालले पार्टी पनि एकलौटी ढंगले चलाएको भन्ने उनको आरोप छ । नेतृ झाँक्रीले एमाले नेताहरुसँग सम्पर्क बढाएकी छिन् । पछिल्लो समय उनले योगेश भट्टराईसँग एमाले फर्किनेबारे अलिक लामो बहस गरेको स्रोतको दाबी छ । चुनाव सकिएलगत्तै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको खुलासा गरेकी थिईन् ।
तर, त्यतिवेला भने उनले एमालेमा फर्कनको लागि भन्दापनि वामपन्थीहरुकै नेतृत्वमा सरकार बनाउन र माधव नेपाललाई राष्ट्रपति बनाउने र एमालेसँग पार्टी एकता गर्नेबारे छलफल गरेको बताईएको छ । झाँक्री नेकपा (एस) मा भूमिकाविहीनजस्तै छिन् । उनको अहिले अध्यक्ष माधव नेपालसँग पनि राम्रो सम्बन्ध छैन्।
खासगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहरी विकासमन्त्री हुँदा माधव नेपालले अपमानजनक ढंगले फिर्ता बोलाएकोमा उनले भेटेरै आक्रोश पोखेकी थिईन् । नेपालले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिन दिने भन्दै अहिले नहटाउने वचन दिएपनि पछि थाहै नदिई सरकारबाट फिर्ता बोलाएको उनको गुनासो रहँदै आएको छ । अहिले भने उनले एमालेमा नै फर्कने मन बनाएको र त्यसको लागि अन्तिम तयारी गरिरहेको उनीनिकट स्रोतको दाबी छ ।
प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलबार













प्रतिक्रिया