काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज दिनभर आफूलाई सामाजिक संजाल ‘फेसबुक’मा फलो गर्न आग्रह गरेका छन्।

 

advertisement

आफूले निर्वाचनमा विजयी भएको १०० दिन पुगेको अवसरमा आफूले बोलेका थुप्रै काम (स्टन्ट) बारे आज दिन भरी  विभिन्न कार्यक्रम मार्फत जानकारी दिने बताउँदै उनले फेसबुकमा फलो गर्न भनेका हुन्।

यसबारे रविले मंगलबारै सामाजिक सञ्जालमा पोस्ट राखेका थिए।

‘यी विज्ञापनहरू विभिन्न देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएका छन् , छापिँदैछन्,। चुनावमा आफूले बोले अनुसार फ्रि टिकेटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको ब्यवस्था गरेका छौं । त्यो पनि ‘बिना ढेउवा के।’उनले अगाडि लेखेका छन्, ‘अहिलेका लागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सिर्जना गर्ने वातावरण बनाउने छौं । मैले उपनिर्वाचनमा विजय हासिल गरेको, भोलि १०० दिन पूरा हुदैछ। बोलेका थुप्रै काम (स्टन्ट) बारे भोलि दिन भरी  विभिन्न कार्यक्रम मार्फत जानकारी दिदैछु। भोलि दिन भरी मलाई फेसबुकमा  फलो गरिदिनु होला।’

प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com