काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहरी खेलमा नलागी सडक आन्दोलनमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो आग्रह गरेका हुन् ।

पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने थापाले स्पष्ट पारे ।

advertisement

उनले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस् । हामीसँगै आन्दोलनमा जान तयार छौं, नेतृत्व समस्याको विषय हुँदैन ।’

थापाले केशरबहादुर विष्ट, दुर्गा प्रसाईं, किशोरी महतोलगायत विभिन्न समूहमा रहेका शक्तिहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आँधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे ।

‘अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’ थापाले भने ।

उनले थपे, ‘हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने छौं । पद–प्रतिष्ठा गौण विषय हुन् ।’

सो अवसरमा तत्कालीन सङ्खुवासभा जिविसका सभापति पदमकेशर कार्की र पर्सा जिविस सभापति शम्भु चौरसियालाई थापाले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

प्रकाशित मिति: १७ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com