काठमाडौं । चिनियाँ सेनाको एक टोली आज नेपाल आउँदै छ । चीनको तिब्बत मिलिट्री कमाण्डको मेजर जनरल यु एन दे नेतृत्वको टोली आज दिउँसो काठमाडौं आउन लागेको हो।

चिनियाँ सेनाको टोली तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आउन लागेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

advertisement

 

चिनियाँ टोलीले प्रधानसेनापति प्रभुराम शर्मा लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सो टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का लगायतसँग पनि भेट्ने स्रोतले बतायो । भेटमा दुई देशबीचको सैन्य सम्बन्ध, सीमा सुरक्षा लगायतका विषयमा छलफल हुने स्रोतले बतायो ।

प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com