काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करीमा उच्चस्तरीय छानबिन आयोग बन्न नदिँदा १०० किलो सुन ६१ किलोमा झरेको टिप्पणी गरेका छन् ।

बुधबार काठमाडौंमा पार्टीको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक छलफलमा ओलीले भने, ‘आयोग बन्न नदिँदा एक सय केजी सुन ६१ केजीमा झर्‍यो । त्यसैले यो आयोग बन्न दिइएको छैन ।’

advertisement

एमालेले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग गर्दै लगातार संसद अवरुद्ध पार्दै आएको छ । बुधबार ओलीले त्यसको बचाउ गर्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

प्रधानमन्त्रीसँग आफूले यस विषयमा कुरा गर्दा ३५ दिन पर्खनुस् भन्ने जवाफ पाएको उनले सुनाए । ‘प्रधानमन्त्रीसँग यो विषयमा कुरा गर्दा ३५ दिन पर्खिनुहोस् भन्नुहुन्थ्यो । त्यतिञ्जेलसम्म कति केजीमा झर्ने हो ?’ उनले प्रश्न गरे ।

प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com