काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले व्यवसायीलाई दुःख दिएको बताएका छन् ।

एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार आलीले सरकार व्यवसायीको अभिभावक नभएको आरोप लगाए ।

advertisement

सरकारले व्यवसायीप्रति शत्रुको व्यवहार गरेको उनको भनाइ छ । उनले भने, ‘अविभावकीय भूमिका भएन । सरकार निस्ठूर भयो, ‘उनले भने, ‘व्यवसायीलाई सहायता चाहिएको बेला झन् दुःख दिएको छ ।’

उद्योगी व्यवसायीलाई तर्साउने काम गरिएको छ । यो गलत हो । क्याप्टेन रामेश्वर थापाको बचाउ गर्दै सरकारले हेलिकोप्टरको भाडा नतिरी उडान बन्द गरिएको पनि उनले बताए ।

प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com